धरान : धरानको रंगक्षेत्रमा जमेका रंगकर्मी दिपेन्द्रसिह दर्नाल र तुलसा थापा लगायतको मुख्य भुमिका रहेको नेपाली चलचित्र ‘भुइफुल’को आइतबार काठमाण्डौमा शुभमुर्हत गरिएको छ ।

नायिका करिस्मा मानन्धरले दिउँसो एक समारोहवीच शुभमुर्हत गरेकी हुन् । भुमेथान फिल्म प्रोडक्सन प्रालीको ब्यानरमा फिल्म ‘भूइफूल’ निर्माण हुने भएको हो । वैशाख २५ देखि छायाँकन सुरु हुने छ भने पुर्वको धरान, झापा र काठमाडौमा छायाँकन गरिदैछ । शुभ मुर्हतमा कलाकार गोविन्द प्रभात, दिपेन्द्र सिंह दर्नाल, तुलसा थापा लगायतले फिल्म भित्र रहने एक दृश्य सम्वाद सहित प्रस्तुत गर्दै मूर्हूत सट दिएका थिए । नेत्र छन्त्यालको लेखन निर्देशन छ भने फिल्मको निर्माता उर्मिला वान्तवा राई हुन । प्रस्तुतकर्ता सरिता राई छिन् । गोविन्द प्रभात,नरेन खड्का,दीपेन्द्र सिंह दर्नाल,तुलसा थापा,चन्दा राई,पुर्णिमा लामा लगायतको मुख्य अभिनय फिल्ममा रहनेछ ।जातीय छुवाछुत अन्त्यको लागि सन्देशात्मक फिल्म वन्न लागेको भुइफुलका निर्देशक नेत्र छन्त्यालले बताए ।

उनले भने, ‘समाज हुने जातीय विभेद र छुवाछुतको लागि कानुन त वन्यो तर त्यो व्यवहारिक हुन सकेको छैन, मानिसको सोंचमा परिवर्तन आउन सकेन, त्यसैले अव कुरुती र विसंगतीलाई चिर्नको लागि सोचाईमा परिवर्तन गर्नु पर्छ भन्ने सन्देश दिन खोजेका हौ ।’ निर्देशक छन्त्याल विगत ४ वर्षदेखि धरानको रंगक्षेत्रमा विशेष योगदान गर्दै आइरहेका छन् । धरानको रंगमन्च र कलाकारलाई मुलधारमा स्थापित गर्नका लागि नैै उनी धरानमा आएका हुन् । चर्चित नाटक इङ्घङमा पनि निर्देशक छन्त्यालको बिशेष भुमिका थियो । फिल्ममा रामेश्वर हुमागाइको छायाँकन, गोविन्द प्रभातको नृत्य निर्देशन, रमेश खड्काको संगीत, गणेश सुवेदीका गीत रहने फिल्मका कास्टिङ निर्देशक अमृत मान महर्जन रहेका छन् ।