धरान:एसइई परीक्षा दिएर फुर्समा रहेका छात्राहरु मंगलबार प्रचण्ड गर्मीमा धरान १८, वीपी प्रतिष्ठानस्थित गल्फ कोर्षमा पुगे ।

हरियाली एवं प्राकृतिले घेरिएको गल्फ कोर्षमा एकै रंगको टिसर्ट लाएर छात्राहरु पुगेपछि प्रकृति पनि खुशी भएझै देखियो । खासमा छात्राहरु मिस एसइई प्रतियोगिताकी प्रतिस्पर्धीहरु थिए । धरान जेसिजले आयोजना गरेको मिस एसइईमा ३० जना छात्राहरु सहभागी छन् । आयोजकले उनीहरुलाई समाजको विभिन्न आयामहरु बुझाउन विविध बिषयमा तालिम एवं प्रशिक्षण दिलाइरहेको छ भने स्थलगत अवलोकन, भ्रमण गराएर पनि प्रत्यक्ष ज्ञान हासिल गराउदै आएको छ । सोही क्रममा मंगलबार आयोजक धरान जेसिजले छात्राहरुलाई गल्फ कोर्ष र ह्यापी ग्रिन मार्टको भ्रमण गराएको थियो ।

Golff

गल्फ कोर्षमा छात्राहरुले गल्फ खेल, धरानमा गल्फको इतिहास र कोर्षबारे मात्र जानकारी पाएनन्, खेल्ने तरिका पनि सिके । उनीहरुलाई धरान गल्फ क्लबका अध्यक्ष टिका लिम्बू, सचिव जितेन्द्र राई, प्रोफेस्नल खेलाडी मणी राईलगायतले गल्फबारे जानकारी गराएका थिए ।

गल्फ कोर्ष पछि छात्राहरु धरान १८, बुद्धचोकस्थित ह्यापी ग्रिन मार्टमा अर्गानिक कृषि उत्पादन र खाद्यान्नबारे जानकारी लिन पुगेका थिए । उनीहरुलाई मार्टकी सञ्चालिका एवं महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले अर्गानिक कृषि उत्पादन र त्यसबाट मानव स्वास्थ्यलाई हुने फाइदाबारे जानकारी गराएकी थिइन् । हालै मात्र सञ्चालनमा आएको मार्टमा भोजपुर, इलाम, जुम्लालगायत पहाडी जिल्लामा उत्पादन भएको मह, मार्सी चालम, अट्टे चालम, ग्रिन टि, दाल, झ्याउ, किनिमा, गुन्द्रुक, ब्राउन राइसलगायत कृषि उत्पादन उपलब्ध छ ।

IMG_4162

मिस एसइईका क्रिएटिभ डाइरेक्टर मानभगत चाम्लिङका अनुसार अडिशन पछि छनौट भएका छात्राहरुलाई व्यक्तित्व एवं क्षमता विकासका विभिन्न तालिमहरुमा सहभागी गराइएको छ । अझै थुप्रै तालिम एवं भ्रमण, अवलोकनहरु बाँकी रहेको उनले बताए । प्रतियोगिताको फाइनल जेठ ४ गते हुनेछ ।

IMG_4174