पथरी:मोरङ्गको पथरीमा बिहिबार २ जना स्रष्टा सम्मानित भएका छन् ।

सिएम कन्दङ्गवा स्मृति कोषद्धारा आयोजित प्रतिभा सम्मानवाट वरिष्ठ गायक एल.पी. जोशी र साहित्यकार धनकुटे कान्छा सम्मानित भएका हुन । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा प्रसाद उप्रेतीले दुवै स्रष्ट्रालाई सम्मान गरेका थिए । पथरीशनिश्चरेस्थित एभरेष्ट आवासीय माविमा आयोजित सम्मान कार्यक्रममा राष्ट्रिय प्रतिभा सम्मानवाट जोशी र युवा प्रतिभा सम्मानवाट कान्छा सम्मानित भएका हुन् । जोशीलाई नगद ५० हजार र कान्छालाई नगद ३५ हजार, सम्मानपत्र र दोसल्लाद्धारा सम्मान गरिएको थियो ।

शिक्षासेवी सिएम कन्दङ्गवाको जन्मजयन्ती अवसर पारेर यो सम्मान गरिएको हो । नेपाली लोक संगीत क्षेत्रमा योगदान पुर्याएको भन्दै जोशीलाई राष्ट्रिय सम्मान दिइएको कोषले जनाएको छ भने नेपाली साहित्य क्षेत्रमा योगदान गरेको भन्दै धनकुटे कान्छालाई युवा सम्मान दिएको कोषको भनाई छ । कोषले बर्षेनी २ व्यक्तिलाई सम्मान गर्ने जानकारीसमेत दिएको छ । सो कार्यक्रममा विभिन्न श्रष्ट्राले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।