धरान(डेस्क) : अर्नभ फिल्मस प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘काउसो’ चलचित्रको अफिसियल ट्रेलर आज शनिबार साईराम पिक्चर्सको युटुब च्यानलबाट निर्माण टिमले सार्वजनिक गरेको छ ।

सार्वजनिक ट्रेलर एक्सन, कमेडी जनरा रहेको यो चलचित्र आगामी जेठ १७ गते देखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नबिन आचार्य, सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका बास्तोला, उग्रसेन ढुंगाना, अनु पराजुली र बाल कलाकारमा असिम तिमल्सिना आदिको अभिनाय रहेको छ । प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्माता राजेन्द्र बस्नेत, सिताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन । चलचित्रको कथा तथा निर्देशन मदन घिमिरेको पटकथा र संबाद भोजराज देवकोटाको रहेको छ । चलचित्रमा संगीत बिकास चौधरी, द्न्द् शंकर महर्जन र नृत्यमा बिक्रम स्वार छायाँकन रामेश्वर हुमागाईको सम्पादन नबिन निरौलाको प्रोडक्सन डिजाईनर सुर्य बुढाथोकीको रहेको चलचित्रको कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन् भने चलचित्र उपत्यका भित्र बिके फिल्मस र उपत्यका बाहिरको लागि एफडी कम्पनीले बितरण गर्ने भएको छ ।