धरान: नेपाल टुरमा निस्किएका अल्मोडा रानाले आइतबार साँझ धराने फ्यानलाई नचाएका छन् ।

धरान–१० स्थित टेन इलेभेन लाउञ्जले आयोजना गरेको सांगीतिक साँझमा अल्मोडाले आफ्ना चर्चित गीतहरुबाट दर्शकलाई नचाए । राती ९ दर्शकले भरिएको हलमा अल्मोडा स्जेट उक्लदा धराने फ्नाले तालीले स्वागत गरेका थिए । अलमोडाले तिहार गीतबाट आफ्नो प्रस्तुती प्रारम्भ गरे । यसपछि, चरी मर्यो शिशैको गोलीले, रेशम फिरीरी, सम्झना विर्सना, मोहनी लाग्ला है..लगायत गीतमा प्रस्तुती दिए ।

अलमोडाको धरानमा यो दोस्रो प्रस्तुती हो । धराने फ्यान माझ आफ्नो गीत प्रस्तुत गर्दा अल्मोडाले स्कुलका विगतका दिनहरू समेत सम्झिए । परेलीमा, जुन त लाग्यो ताराले बोलको गीत नछुटाएका अलमोडाले कहिले भेट्ने खै, पानी पर्यो, माया माया, यति यति पानी..लगायत गीन पनि पस्किए । उनले धराने स्रोता माझ २ घण्टा विताए । उनको प्रशंसकहरुले नाचेर साथ दिए । उनको सबै गीतमा डिजे डि म्यासले म्युजिकल ज्याम अप गरेका थिए । नवगायका रोहन श्रेष्ठको समेत प्रस्तुती रहेको थियो ।

Almoda1

कार्यक्रममा धरान १७ विजुवा मार्ग निवासी जानुका विकको घर निर्माणका लागी ६ हजार ७ सय रूपैया संकलन भएको थियो । जानुका विकको घर निर्माणका अभियन्ता पत्रकार तथा लेखक जनकऋषि चाम्लिङले नगद ५ सय डोनेशन बक्समा खसाउदै सहयोगका लागि आग्रह गरिएको थियो । टेन ११ का संचालक कुलबहादुर श्रेष्ठ, अरूण शाक्य, सन्तोष भुजेल र विशु तामाङले समेत सहयोग गरेका थिए । जानुकाको घर निर्माणका लागि आयोजकले कम्तीमा १५ हजार रुपैयाँ सहयोग गर्ने यसअघि नै प्रतिबद्धता जनाएको छ ।