धरान: सुनसरी क्षेत्र नं १ बाट संघीय संसद(प्रतिनिधि सभा)मा प्रत्यक्ष निवार्चित सांसद जयकुमार राईले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवबीच भेट गरेका छन् ।

भेटको क्रममा आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेटमा आफ्नो निर्वाचन क्षेत्रको लागि विभिन्न योजनाहरु बुझाएको सांसद राईले जानकारी दिएका छन् । त्यसक्रममा उनले वीपी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठानको समस्यहरुको समधान गर्ने बिषयमा पनि छलफल भएको बताएका छन् । सांसद राईका अनुसार प्रतिष्ठानको आइसियु ,एनआईसियु ,मृगौला रोगीहरुलाई डाईलसिसको सैया थप गर्ने बिषयमा छलपल भएको थियो ।

यस्तै, निर्माधिन ४०० शैयाको एमसिएच भवनको लागि पनि बजेट व्यवस्था गर्न आफुले माग गरेको सांसद राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन । 'यस प्रतिष्ठानलाई बिशेषज्ञतासहितको महत्वपुर्ण हस्पिटलकोरुपमा किवास गर्नुपर्छ भनेर छलफल भयो, अन्य साबिक गाउँपालिकामा रहेका स्वास्थ केन्द्रहरुको स्तर वृद्धि गर्न पनि आगामी बजेटमा योजना समावेश गर्ने कुरा राखेको छुँ,'सांसद राईले भने ।