धरान(डेस्क) : मोरङको रतुवामाई नगरपालिका ४ कटघरा भन्ने स्थानमा सोमबार राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ ।

राती १ बजे हावाहुरी, बर्षासंगै खसेको चट्याङले लागेर सोही स्थान बस्ने ५० बर्षीया सञ्जोदेवी गनगाँई सिंहको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । त्यसैगरी उनको देवर ५० वर्षीय बुधलाल सिंह र उनको छोरा १५ वर्षीय सुरेश सिंह सामान्य घाइते भई रंगेली अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।