फ्रान्स । विश्वको बहुप्रतिष्ठित कान्स फिल्म फेस्टिभल फ्रान्सको कान्समा जारी छ । कान्सको ७२ संस्करणमा हलिउड, बलिउडदेखि विश्वका सेलिब्रेटी विभिन्न पहिरनमा रेड कार्पेटमा सहभागी हुने क्रम जारी छ ।

त्यस्तै, गए राति बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन कान्समा पुगिन् । उनले सेलिब्रेटीको ध्यान तानिन् । हरेक वर्ष फरक–फरक पहिरन र लुक्सले चर्चामा आउने ऐश्वर्या यसपटक पनि हट अवतारमा ७ वर्षीया छोरी आराध्याको साथमा रेड कार्पेटमा खुलेकी थिइन् ।

ऐश्वर्याले गोल्डेन अफ सोल्डर गाउनमा पहिरिएकी थिइन् । उनले यसपटक फरक मेकअप गरेकी थिइन् । यसकारण, उनी कान्समा आकर्षक बनिन् ।