धरान(डेस्क) : धरान ११ को सयपत्री चौकमा राई जाती समुदायको महत्वपूर्ण उभौली चाड साकेला चन्डी नाच्दै मनाएका छन् ।

छिनामखु सरोकार समाज, धरानको आयोजनामा आयोजित उक्त कायक्रमकी सदस्य पासल्हामु शेर्पाले प्रायोजन गरेकी हुन् । किराँत सुनुवार, राई, र याक्खा जातिको महान चाड साकेला साकेन्वा उभौली साकेला नाच पूणिर्मादेखि शुरू हुन्छ ।

किरातीहरूले १ महिना सम्म मनाउने महत्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरु नआउन् भनि साकेला र सखेवा शिली गर्दै नाच्दै प्रकृतिलाई पुजा गरिन्छ । किराँतहरूको यो पर्व पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।