काठमाण्डौ : सगरमाथामा चर्चित हिमाल पथप्रदर्शक ध्रुव विष्टको मृत्यु भएको छ ।

शुक्रबार सगरमाथाको तेश्रो शिविरमा बिरामी परेका उनको तल ल्याउने क्रममा मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिए । विष्ट हिमालय एक्सटिसी ट्रेकमार्फत सगरमाथा आरोहण सहयोगीको रुपमा गएका थिए ।

यस्तै अर्का पथप्रदर्शक निमा तेञ्जिङ शेर्पाको मकालु हिमालमा ज्यान गएको छ । निमाको मकालु हिमाल आरोहण गरेर फर्कने क्रममा दोश्रो शिविरमा ज्यान गएको पर्यटन विभागले जनाएको छ ।

यी दुईको मृत्युसँगै यस वर्ष आठ हजार मिटरभन्दा बढी उचाइका हिमाल आरोहणका क्रममा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।