धरान: वाईवाई ग्लोकल टिन हिरो २०१९ को टिम धरान आई पुगेको छ ।

धरानमा रहेका विद्यालयमा पढदै गरेका विद्यार्थीहरुको क्षमतालाई उजागर गर्ने र किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रष्फुटन गराई उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने उद्देश्यले यो कार्यक्रम भएको हो । ग्लोकन टिम धरान आईपुगेको जानकारी दिदै ग्लोकल प्राईभेट लिमिटेडका डिजाईन तथा आईटी म्यानेजर अजय पाण्डेले धरानमा सबै भन्दा पहिले मेरील्याण्ड आवासिय विद्यालमा विद्यार्थीहरुसँग अन्र्तकृया गरेको बताए ।

यस्तै, धरानको युरेका र सैनिक विद्यालयमा पनि अन्र्तकृया कार्यक्रम गरिएको उनले बताए । देशभरीका ६ सय विद्यायलयमा पुगेर विद्यार्थीहरुको प्रतिभालाई पहिचान र सम्मान गरी उत्कृष्ट किशोर किशोरीको क्षमता छनौट गरी एक जनालाई ग्लोकन टिन हिरो २०१९ घोषणा गरिने आयोजकले जनाएको छ । यस मञ्चबाट किशोर किशोरीहरुमा भएको उत्साहा, रचनात्मकता, सुरुवातको चाहानाको पहिचान गरी देशभरका अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाईको विकास गर्न उत्प्रेरित गर्ने उद्देश्य रहेको ग्लोकल प्राईभेट लिमिटेडले जनाएको छ ।