धरान(डेस्क) : दर्शक तथा श्रोताका मनमा बस्न सफल उदयीमान गायिका रश्मी राईको आवाजमा रहेको “भडेटार मुनि शुन्दर धरान बजार” गीतको म्युजिक भिडियो युट्यूब मार्फत सार्वजनिक भएको छ ।

उक्त गीतको म्यूजिक भिडियोमा जीतमान राईको शब्द तथा महेन्द्र राईको संगीत रहेको छ भने राजु कार्कीको एरेन्ज रहेको छ । त्यसैगरी गीतको भिडियो छायाँकन राकेस किरातीले गरेका हुन् भने भिडियो इडिट वुद्ध थापा मगरले गरेको हो ।

रश्मी एक भाषामा मात्र गीत गाउने गायिका होइनन् । उनले धेरै भाषामा गीत गाइसकेकी छिन् । रश्मीको आवाजमा नेपाली, चाम्लिङ, बान्तवा र कोयी भाषाको गीत पनि श्रोता सामु आइसकेका छन् । रश्मीका अनुसार पहिलो म्युजिक भिडियो “फर्कि आउनु है कान्छा”, “उभौली साकेलामा भेट भयो” र त्यसपछि “भेडेटार मुनि शुन्दर धरान बजार” श्रोता माँझ ल्याएको हो । उनले करिब २ दर्जन जति गीतमा श्वर दिएकी छिन् । रश्मी दुर्गम जिल्ला खोटाङको जन्तेढुंगा गाउँपालिका ४ डम्बर्खुशिवालय चुम्लङुमा जन्मिएकी हुन् । यतिबेला रश्मीले विभिन्न भाषामा गीत गाएर आफुलाई अब्बल सावित गरेकी छिन् भन्दा फरक नपर्ला । उनले औपचारिक रुपमा सांगितिक क्षेत्रमा प्रवेश गरेको ३ वर्षमात्र भएको बताईन् । रश्मी घरकी जेठी छोरी हुन् । रश्मीले भने हामि चार बहिनी छौ । उनले कपुरीकर्मीलाई भनिन्, “मेरो पापा प्रसाद राई र आमा धनकुमारी राईले मलाई जहिले पनि सकारात्मक बाटोमा हिड्न सिकाइन् । अहिले मैलै गरेको काम देखेर पापा, ममि र साथिभाई सबै खुशि छन् । अझै धेरै प्रगति गर्दै जानु भनेर हौसला दिन्छन् ।”

रश्मीले तीन वर्षको अवधिमा लोक, आधुनिक र पप गीतमा स्वर दिइसकेकी छिन् । उनी छोटो समयमै गीत गाएर स्रोतामाँफ आफनो पहिचान बनाउन सफल भएकी छिन् । उनी यतिबेला स्वेदेशकै विभिन्न ठाउँहरुको सांगीतिक कार्यक्रमहरुमा दौडिरहेकी छिन् ।

रश्मीले एक, दुई, तीन भन्दै मायाँको गन्ती सुरु भो, ए है धराने शहरको भानुचौकैमा, भेटौन कान्छा मेलैमा, जलेको छ मेरो मुटु छिया छिया पार्छौ किन ?, ए है हो सोल्टी ज्यू, नाकैमा टल्किने झम्के फुली, वरको छायाँले, मर्नु न बाँच्नु पार्यौ है मायाँले जस्ता गीतहरु श्रोतामाँझ ल्याएसकेकी छिन् । उनले यतिबेला संगीतको प्रशिक्षण पनि लिइरहेकी छिन् । उनी भन्छिन्, “गीत संगीत मै निरन्तर लागेर आफ्नो करियर बनाउँछु ।”