धरान: ‘भोटेपुल गुम्बा मार्ग साँझ’को छैठौं संस्करण  जेष्ठ २४ गते धरानमा हुने भएको छ ।

धरान–८ भोटेपुल गुम्बा मार्ग यूवा समुहको आयोजनामा धरान सभागृह परिषरमा साँझ हुने भएको हो । मंगलबार पत्रकार सम्मेलनमा गदै समुहका अध्यक्ष दिपेश राईले साँझमा अलमोडा उप्रेती, नेपाल आइडलका सुरज तामाङसहित डिल्ली फोम्बो एण्ड बिमोक्स व्याण्डको प्रस्तुति रहने बताए । यस्तै, धरानको रोयल डान्स र यूनाइटेड डान्स सेन्टरको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कन्सर्ट साँझ ५ बजेदेखि शुरु हुने छ । कन्सर्टबाट उठेको केही रकम सामाजिक सेवामा खर्चिने आयोजकका नरेश लिम्बुले बताए । भोटेपुल गुम्बा मार्ग आसपास विभिन्न नामले छुट्टाछुट्टै कन्सर्ट हुदै आएको थियो । तर, यस वर्षदेखि सबै संगठीत भएर सभागृहमा गर्न लागेको आयोजकले जनाएको हो ।