धरान: धरान २, रत्न रोडमा अवस्थित युबेरी रेस्टुरेन्ट तथा सुकुन्डा बेङक्विटको आयोजनामा जेष्ठ २४ गते शुक्रबार इन्डोर म्युजिकल इभेन्ट टुबोर्ग युबेरी अल्ट्रा म्युजिक फिएस्टा २०७६ हुने भएको छ ।

एक हप्ता अघिबाट सुरू भएको युबेरी रेस्टुरेन्टको उद्घाटनको अवसर पारेर यस कार्यक्रम गरीएको हो । कार्यक्रममा टिना एण्ड द बर्दस र द लास्ट नोट ब्यान्डको लाइभ प्रस्तुती रहने मंगलबार भएको पत्रकार सम्मेलनमा युबेरी रेस्टुरेन्टका संचालक निराजन श्रेष्ठले बताए । यसका साथै सो मिस प्लस टु २०१७ सिमरन तुलाधरको साथमा धरानकै चर्चित मोडलहरूको फेसन सो, हाम्रो डान्स सेन्टर धरान र डाइनामिक डान्स सेन्टर इटहरीको नृत्य र डिजे जियामको डिजेइङ रहने श्रेष्ठले बताए ।

पूर्ण रूपमा रेस्टुरेन्टको प्रवद्धनका लागी हुने यस कार्यक्रम करीब २ लाख २० हजार रूपैया खर्च हुने कार्यक्रम संयोजक निश्चल पलिखेले बताए । कार्यक्रम साँझ ५ बजेदेखि सुरू हुनेछ । कार्यक्रमको टिकट दर रू ९ सय ९९ रहेको जसमा एउटा कम्प्लिमेन्ट्री क्यान बियर साथमा स्नाक्स निःशुल्क प्रदान गरीने पलिखेले बताए ।