काठमाडौं : नेपालको राष्ट्रिय फुटबल टिमले आज चाइनिज ताईपेइसंग मैत्रीपूर्ण फुटबल खेल्दैछ । ताईवानमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ ।

विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपुर्ण खेलका लागि नेपाली टिम चाईनिज ताईपेइ पुगेको हो । यसअघि नेपालले मलेसियासँग मैत्रिपूर्ण खेल खेलेको थियो । मलेसियासँगको खेल २-० ले गुमाएको नेपाल नयाँ प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा पहिलो जितको खोजीमा छ । कालिनको नेतृत्वमा नेपालले कुवेतसँग खेलेको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

फिफा वरियतामा नेपाल भन्दा माथि रहेको चाईनिज ताईपेविरुद्व आजको खेल पनि नेपाली टोली र प्रशिक्षक कालिनको लागि चुनौतीपुर्ण हुने अनुमान गरिएको छ । फिफा वरियतामा ताईपेइ १ सय २५ औ स्थानमा छ भने नेपाल १ सय ६१ औ स्थानमा छ ।