धरान: धरान २, रत्न रोडमा हालै सञ्चालनमा आएको युबेरी रेस्टुरेन्ट तथा सुकुन्डा बेङक्विटको आयोजनामा शुक्रबार टुबोर्ग युबेरी अल्ट्रा म्युजिक फिएस्टा २०७६ सम्पन्न भएको छ ।

साँझ ७ बजे हाम्रो डान्स सेन्टरको प्रस्तुतीबाट कार्यक्रमको सुरूवात भएको थियो । करीब ५ सय दर्शकहरू भरिएको कार्यक्रममा फेशन शो पनि भएको थियो । फेशन सो कल्चरल सिक्वेन्सबाट सुरू भएको थियो । कल्चरल सिक्वेन्सका डिजाइनर चौबिसे साङ्यक ढाका उधोगका संचालक यमुना तुम्सा र नुमा तुम्सा हुन् । फेसन सोको अर्को दुइ सिक्वेन्स क्याजुवल र समर सिक्वेन्सको लागी भने फेसन फाइटरका संचालक अम्बिका श्रेष्ठको डिजाइन रहेको थियो । फेसन सिक्वेन्सका सो स्टपर मिस प्लस टु २०१७ सिमरन तुलाधर थिइन । अन्य १४ जना मोडलहरूमा नोरसाङ तामाङ, रिजना तामाङ, कबिना केसी, रूपेक्क्षा शेर्पा, अस्मिका लिम्बु, रेस्मा गौतम, एस्थर तामाङ, अनुसा तामाङ, सिमरन लिम्बु, क्युसा राई, प्रिया लिम्बु, प्रमिता मगर, सोना राई, स्वेता विक रहेका थिए ।

IMG_8493

कार्यक्रममा टिना एण्ड द बर्दस र द लास्ट नोट ब्यान्डको लाइभ प्रस्तुती र इटहरीको डाइनामिक डान्स सेन्टरको नृत्य प्रस्तुती समेत रहेको थियो । उनीहरूको प्रस्तुतिमा दर्शकले मज्जाले साथ दिएका थिए । राती ११ बजेसम्म चलेको कार्यक्रममा करीब आधा घण्टाको समय डिजे जियामको म्युजिकमा समेत दर्शकले राम्रै साथ दिएका थिए । एक साता अघिबाट सुरू भएको युबेरी रेस्टुरेन्को प्रवद्धनका लागी भएको कार्यक्रममा सामाजिक कार्यलाई समेत जोडिएको थियो । युएन नवोदयले सुरू गरेको “ह्यापी टमी, ए रिजन टु स्माइल” अभियानका लागी ८ हजार रूपैया नगद प्रदान गरीएको थियो । हाल दुबइमा बसोबास गर्ने सुजन र चेतना सेन्चुरीबाट प्राप्त नगदलाई कार्यक्रमका अतिथी संघीय प्रहरी इकाइ कार्यालयका प्रमुख एसएसपी सरद खत्रीले ह्यापी टमीका संयोजक गगन श्रेष्ठलाई प्रदान गरेका थिए ।

IMG_8535

रेस्टुरेन्टका संचालक निराजन श्रेष्ठको सभाअध्यक्षमा सम्पन्न कार्यक्रममा धरान १८ का वडाअध्यक्ष प्रविण राई, भारतिय पेन्सन पेयिङ अफिसका मेजर अभिषेक सिंह, वुमन वर्थ ग्रुपका अध्यक्ष सुजता श्रेष्ठ तथा कोषाध्यक्ष रोजी ताम्राकार लगायत अतिथीहरू उपस्थित रहेका थिए । निश्चल पलिखेलेको संयोजन भएको कार्यक्रमको फेसन सोका कोरियोग्राफर मिस लिम्बु २०१४ का मिस चार्मिङ विजेता कुन्नी लिम्बु र मेकअप आर्टिस्ट बिउटी जोन पार्लर एण्ड मेकअप स्टुडियोका संचालक दिपा श्रेष्ठ रहेका थिए ।