इटहरी । इटहरीमा ४० दिने मुर्तिकला कार्यशाला गरिने भएको छ ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने कार्यशालामा कलाकारहरुले स्वतन्त्ररुपमा सहभागिता जनाउन सक्नेछन् । इटहरी ४ मा रहेको इटहरी मेट्रिक्समा कार्यशाला गरिने कलाकार विक्रम श्री ले जानकारी दिए । सहभागी हुन चाहने कलाकारहरुलाई जेठ २९ गतेसम्म फर्म भर्न सुचना जारी गरिएको छ । यो मूर्तीकला कार्यशाला अनुकृति कार्यशाला रहेको श्रिले बताएका छन् ।

कार्यशालामा अभ्यासको क्रममा विभिन्न कलाकृतीको हुबहु बनाइने छ । उक्त कलाकृति प्रदर्शनीमा समेत राखिने बताइएको छ । श्रिको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएर प्रदेशको सामाजिक मन्त्रालयले मूर्तिकलाको पाठ्यक्रम नै बनाएको छ । यो कार्यशाला पाठ्यक्रमको प्रयोगात्मक परिक्षणको रुपमा समेत हुन गइरहेको श्रिले जानकारी दिए ।