काठमाडौं : नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का निर्वा्चित भएका छन् ।

शनिवार राजधानीमा सम्पन्न १७औं केन्द्रिय कार्यसमितिको निर्वाचनबाट अभिनेता खड्का अध्यक्षमा निर्वा्चित भएका हुन् । खड्काले संघकी पूर्व महासचिव सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गरेका हुन् ।

सरिताको नाममा १६१ मत खसेको थियो । चुनावमा पराजित भएपछि शुभकामना ब्यक्त गर्दै सरिताले फेसबुकमा ‘चुनाव हार्नु जीवन हार्नु होइन’ भन्ने सन्देश दिएकी छन् । निर्वाचनबाट उपाध्यक्षमा उम्मेदवारी दिएका विनोद भट्टराईबाहेक सबै उनकै प्यानलबाट विजयी भएका छन् । ५ सय ९६ सदस्य रहेको संघको निर्वाचनमा कुल ३ सय ८७ मत खसेको थियो ।

काठमाडौंको प्रदर्शनीमार्ग्स्थित प्रहरी क्लबमा सम्पन्न निर्वाचनमा रेजिना उप्रेती र सानुकुमार ताम्रकार उपाध्यक्ष, चेतबहादुर सिंह राजा महासचिवमा निर्वा्चित भए ।
त्यस्तै पनाह अधिकारी सचिव, पवित्रा आचार्य सहकोषाध्यक्ष निर्वा्चित भए ।

सदस्यहरुमा धनराम केसी ‘मुस्कान’, गोपाल ढकाल ‘छन्दे’, शितल केसी, धर्मानन्द आचार्य, रोहित रुम्बा तामाङ, जयकिशन बस्नेत, पवनप्रसाद खतिवडा, उद्ववप्रसाद भट्टराई, शारदा नेपाल गीता र जीवन थापा निर्वा्चित भएका छन् भने कोषाध्यक्षमा सुनिल कटुवाल निर्विरोध निर्वा्चित भए ।