फिल्म इन्डष्ट्रिमा सोनम कपुरले आफ्नो युनिक स्टाइल र फेशनेबल लुक्सका कारण एक विशेष पहिचान बनाएकी छिन् । यसबाहेक भिन्न–भिन्न भूमिका निभाउन पनि सोनम कपुर कहिले पनि पछि हट्दिनन् । सोनमको जन्म सन् १९८५ जून ९ मा मुम्बईमा भएको थियो । उनको जन्मदिनको मौकामा सोनम कपुरको जीवनका केही रोचक किस्साबारे जानकारी दिँदै छौं ।

सोनम कपुरलाई आत्मनिर्भर बनाउने कला निकै राम्रोसँग थाहा छ । निकै कमलाई थाहा छ कि सोनम कपुर कलेजका दिनमा वेटरको रुपमा पनि काम गरिसकेकी छिन् । धनी परिवारकी भए पनि उनलाई आफ्नै पैसा खर्च गर्न मनपर्दथ्यो । त्यसकारण उनी पार्टटाइम जब गरेर आफ्ना आवश्यकता पूरा गर्द्थिन् ।

फिल्मी खानदानकी भएपनि सोनमले कहिले पनि अभिनय गर्ने नसोचेको बताउँछिन् । स्मरण रहोस्, नायिका बन्नुअघि उनले सह–निर्देशकको रुपमा पनि काम गरेकी थिइन् । उक्त फिल्म थियो संजय लीला भंसालीको ‘ब्ल्याक’

संजय लीला भंसालीले सोनम कपुर भित्रको अभिनय कलालाई निकै अघि देखिसकेका थिए । उनी लगातार सोनमलाई फिल्ममा काम गर्नका लागि प्रेरित गर्दथे । अन्त्यमा ब्ल्याक फिल्म रिलिज भएको साढे एक वर्षपछि सोनम कपुरले फिल्ममा काम गर्नका लागि स्विकारोक्ति जनाइन् र सावरिया फिल्ममा रणबीर कपुरको अपोजिटमा देखिइन ् ।

सोनम कपुर आफ्नो स्वास्थ्यमा निकै ध्यान दिन्छिन् । तर उनी खानाको सौखिन पनि हुन् । सोनम कपुर पहिला निकै मोटी थिइन् । आफ्नो पहिलो फिल्म सावरियांमा काम गर्नका लागि उनले ३० किलो तौल घटाएकी थिइन् ।sonamkapur2

सोनम कपुरलाई नाच्नमा एकदमै रुची छ । उनले इन्डियन क्लासिकल डान्सको तालिम लिएकी छिन् । सोनम कपुर सोसल मिडियामा निकै सक्रिय छिन् र उनी कुनै पनि कुरालाई सिधा नै भन्न रुचाउँछिन् । तर उनको यही बानीले सोसल मिडियामा अत्यधिक ट्रोल पनि हुन्छिन् ।

सोनमले सन् २०१८ मा व्यवसायी आनन्द अहुजासँग विवाह गरिन् ।