धरान: निक्कै लामो समय पछि शनिबार धरानमा आयोजना भएको कन्सर्टमा धराने दर्शकहरुलाई अहिलेका दुई चर्चित सांगीतिक हस्तीहरु भी टेन र मेलिना राईले भरपुर मनोरञ्जन दिलाए ।

करिब ८ हजार भन्दा बढी दर्शकहरु भरिएको धरानको पब्लिक स्कुलको मैदानमा आयोजित सात्विक मनोरंजन धमाकाको सुरुवात स्थानीय गरिमा डान्स सेन्टरको नृत्यबाट भएको थियो । स्थानीय डेनी थुलुङ्ग लिम्बु र सुनयना श्रेष्ठको सांगीतिक प्रस्तुति पछि करिब आठ बजे स्टेजमा आइन्, चर्चित गायिका मेलिना राई । उनले तिमीले बाटो फेर्यो अरे..,असारे महिना.., चरी जस्तै..,मछिले खाने खोलिको लेउ..,कम्मर माथि पटुकी..,कसरी.., गोजीमा दाम छैन.., दार्ही फुल्यो बैंशमा र कुटुमा कुटु.. लगायतका आफ्ना लोकप्रिय गीतहरु गाइन् । मेलिनाका सबै गीतहरुमा दर्शकहरुले संगसंगै गाएर र नाचेर साथ दिएका थिए ।

melina-rai

यस्तै, सात्विक मनोरंजन धमाकाको मुख्य प्रस्तुती भीटेनको रहेको थियो । उनी अहिले निक्कै लोकप्रिय र्यापर हुन् । खास नाम समिर घिसिङ्ग हो । उनको स्टेजमा आगमनले बेग्लै माहोल बनेको थियो ।

कोहि साथि प्रहरी बने कोहि साथी गुन्डा मचै आफ्नै धुनमा..,यता पनि चुरोट. उतापानी चुरोट , र्यापको बाटो, हालखबर, म मान्छे खत्तम, लाहुरेको रेलिमाई , सिमसिमे पानी जिस्कने बानी, सही हो सही हो.. लगायत गीतहरु प्रस्तुत गरेका थिए । तेस्रो पल्ट धरान आएका भीटेनले आफ्नो अत्यधिक क्रेज देखेर भने,'मलाई धरानमा बोलाएपछि आइहाल्नु मन लाग्छ,तपाईंहरुको यहि माया सम्झेर ।' बिशेषतः भीटेनको कलिला फ्यानहरु आफ्ना आमा बाबासंगै कन्सर्टमा आएका थिए । भीटेनको प्रत्येक गीतको सब्दहरु भीटेन संगै केटा(केटि तथा युवा (युवती दर्शकहरुले गाएर साथ् दिएका थिए ।

2 1

धरानको सात्विक फुड्स प्रालिको मुख्य प्रायोजनमा सिल्भर इन्टरटेनमेन्टले आयोजना गरेको सात्विक मनोरंजन धमाकाको बिचमा सात्विक फुड्सको प्रबन्ध निर्देशक सुनिल अग्रवाल , नेशनल सेल्स म्यानेजर बिनोद श्रेष्ठ लगायतका कम्पनीका अन्य बोर्ड निर्देशकहरुले सात्विक फुड्सको सात्विक हेल्दी तथा सात्विक लाभ्लिन कुकिजको हजारौ दर्शकहरुबीच सार्वजनिक गरेका थिए । नेपालको ३५ भन्दा बढी गाउँ सहरहरुमा पुगिसकेको धरानको सात्विक फुड्सका कुकिजहरु चाडै देशभर उपलब्ध गराउने र त्यसको प्रवद्धनको लागि यस्तै मनोरंजन धमाका गर्दै जाने नेसनल सेल्स म्यानेजर बिनोद श्रेष्ठले बताए ।

18 11 1