धरान: क्षमतावान खेलाडीहरु उत्पादन गर्ने लक्ष्य राखेर अखिल नेपाल फुटबल संघ(एन्फा)ले स्थापना गरेको एकेडेमीमा पुनः बालखेलाडी राखेर सञ्चालनमा ल्याएको छ ।

धरान १७ स्थित एन्फ एकेडेमी आइतबारदेखि सञ्चालनमा आएको हो । एन्फाले यु १३ बाल खेलाडीहरु छनौट गरेर २२ जना धरानमा रहेको एकेडेमीमा पठाएको छ । उनीहरुलाई यहाँ ५ बर्षसम्म राखेर पढाईसँगै प्रशिक्षण दिइनेछ । धरानको लागि भने थप ५ जना खेलाडी राख्नको लागि एन्फाले स्वीकृति दिएको मानार्थ बरिष्ठ उपाध्यक्ष एवं एकेडेमी सञ्चालक समितिका अध्यक्ष किसोर राईले जानकारी दिए । ‘असार २ गते ५ जना छनौट गछौं, धरान बसेर पढ्दै गरेका र धरानमा बसोबास भएकाहरुमध्ये छनौट गछौं,’उनले भने ।

Anfa-academy

धरान १७ स्थित एकेडेमीमा रहने यु १३ खेलाडीहरुमा काठमाण्डौंका ७ जना छन् भने झापाका ५ जना र मकवानपुरका २ जना छन् । महोत्तरी, सुनसरी, पाँचथर, सर्लाही, उदयपुर, बारा, धनुषा र दोखलाका एक एक जना छन् । एन्फाले जिल्लास्तर, प्रदेशस्तरबाट छनौट गर्दै राष्ट्रियस्तरमा पनि छनौटमा सहभागी भएकाहरुमध्येबाट ४४ जना बाल प्रतिभाहरुलाई छनौट गरेको थियो । तीमध्ये २२ जना बुटबल र २२ जना धरानमा रहने गरी पठाएको हो ।

धरानमा पहिलो ब्याचलाई स्कुलको होस्टलमा राखेर उत्पादन गरिएका थियो । दोस्रो ब्याच २०६६ देखि २०७० सम्म एकेडेमीमा नै राखेर प्रशिक्षण गराइएको थियो । विभिन्न कारणले विगत ५ बर्षदेखि एकेडेमी सञ्चालनमा आउन सकेको थिएन । ‘अब भने एन्फाले सपोर्ट नगरेपनि स्थानीय सरकार छ, प्रदेश सरकार छ । एकेडेमीलाई हामी निरन्तरता दिन्छौं,’राईले भने ।

IMG_8355

एकेडेमीमा रहने खेलाडीहरुलाई आवासिय सुविधासहित एन्फाले फुटबल प्रशिक्षण दिनेछ । उनीहरुलाई अध्ययनको लागि धरान १८ स्थित माउण्ट हर्मन एकेडेमी छनौट भइसकेको छ । खेलाडीहरुलाई बिहान र बेलुकी प्रशिक्षण दिइनेछ । उनीहरुलाई २ वटा अन्र्तराष्ट्रिय म्याचमा सहभागी गराउने, प्रदेश र राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिने वातावरण पनि बनाउने अध्यक्ष राईले बताए ।

IMG_8373 IMG_8378