धरान:समुदाय प्रहरी साझेदारीअन्र्तगत ईलाका प्रहरी कार्यालय धरानले नेपाल स्काउट सुनसरीसँग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार ईलाका प्रहरी कार्यालय धरानमा समुदाय प्रहरी साझेदारी अन्र्तगत अन्र्तक्रिया भएको हो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय धरानले शान्ति सुरक्षाका लागि गर्ने कार्यहरुबारे जानकारी गराएका थिए । इलाकाका प्रमुख एवं डिएसपी ढुण्ढीराज न्यौपानेले स्काउट प्रमूख एवं स्काउटका रोवर रेन्जरहरुसँग अन्तरकृया गरेका हुन् । ईलाका प्रहरी कार्यालयको विभिन्न शाखाहरु र त्यस शाखाबाट गरिने कार्य तथा सेवा सुविधाहरु बुझाउन स्थलगत भ्रमण तथा अवलोकन गरिएको थियो ।

स्काउटसँग एक दिने कार्यक्रममा ३० जना स्काउट रोवर रेन्जर र स्काउट प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी स्काउट रोवर रेन्जरहरुले ईलाका प्रहरी कार्यालय धरानका अपराध अनुसन्धान शाखा, महिला तथा बालबालिका शाखा, कानून शाखा, प्रशासन शाखा, आर्थिक लेखा शाखा, बन्दी थुनुवा राख्ने ठाँउ, हात हतियार भण्डार कक्ष लगायतको ठाँउहरुको प्रत्यक्ष अवलोकन गरी त्यस शाखाले गर्ने काम र दिने सेवा सुविधाहरुको वारेमा जानकारी लिने दिने काम गरेका थिए । स्काउट रोवर रेन्टरहरुले छोटा समयमा धेरैकुरा सिक्न सकेको नेपाल स्काउट सुनसरीका जिल्ला समन्वय आयूक्त लक्ष्मण राईले बताए ।
अपराध न्यूनिकरण गर्न र अपराधिहरुको खोज अनुसन्धान गर्न समूदायको साझेदारी र सहकार्य आवश्यक हुने धारणा राख्दै डिएसपी न्यौपानेले स्काउटसँग सहकार्यले साथ मिल्ने अपेक्षा व्यक्त गरे । उनका अनुसार धरानमा लागुऔषध दुव्यसनसँग सम्बन्धित र कुटपिटका घटनाहरुको संख्या बढी छ भने पारिवारिक झै झगडा साथै चोरी जस्ता अपराधिक घटना केही मात्रामा देखिएको छ । धरानमा दादा भत्ता उठाउने, डर धम्की देखाएर पैसा असुल्ने र संगठित रुपमा गरिने अपराधिक गिरोहहरु भने नभएको न्यौपानेले बताए ।
कार्यक्रममा सहभागी शिक्षा निकेतन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश राईले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई महत्व दिएर अघि बढाउनुपर्ने बताए । प्रहरीले गरेको काममा कुनै पनि समूह तथा व्यक्तिले हस्तक्षेप गर्न नहुने र सके सम्म बढी सहयोग गर्न‘ पर्ने कुरामा वराह ज्वेलरी ईण्ड्रिष्टीज प्रालिका प्रमूख प्रशासकीय अधिकृत गंगा कालिकोलेको प्रतिकृया दिए ।