ईशा देओल दोस्रो पटक आमा बनेकी छिन् । उनले जून १० मा छोरीलाई जन्म दिइन् । ईशा र उनका श्रीमान् भारत तख्तानीले आफ्नी छोरीको नाम मिराया राखेका छन् । ईशाले आफ्नो इन्स्टाग्राममार्फत् यसबारे जानकारी दिएकी हुन् ।

ईशाले एक सुन्दर पोष्टमार्फत छोरीको जन्मको खुसी साझा गरिन् । यो पोस्ट सेयर गर्दै उनले लेखिन्, ‘तपाईंहरु सबैको प्रार्थना र प्रेमका लागि धन्यवाद ।’
ईशाले आफ्नो दोस्रो गर्भको घोषणा जनवरीमा सोसल मिडियामार्फत् गरेकी थिइन् । उनले जेठी छोरी राध्याको एउटा फोटो सेयर गरेकी थिइन् जसमा लेखिएको थियो, ‘म चाँडै नै दिदी बन्न लागेकी छु ।’