बलिउड अभिनेत्री (आइटम गर्ल) सन्नि लियोनले पहिलो पटक नेपाली गीतमा आइटम नृत्य  गरेकी छन ।।

‘पासवर्ड’ नामको फिल्ममा उनले गरेको आइटम नृत्यभएको गीतको भिडियो बिहिबार सार्वजनिक भएको छ । जहाँ सन्नी दर्जनौँ कोरससहित बोल्ड अबतारमा देखिएकी छिन् ।आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेका छन् । विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरिसकेका छन्, कहलिएका स्टारलाई नचाएका छन् ।

५ करोड बढि लगानीमा तयार भएको गीतमा सन्निसँगै अभिनेता बिक्की जोशी फिचर छन् । फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।