धरान:नयाँ रंगकर्मी उत्पादन गर्ने उेद्देश्यले धरानमा ५ दिने ‘अभिनय कार्यशाला–२०७६ आज शुक्रबारदेखि शुरु भएको छ ।

धरान उपमहानगरपालिका धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा असार ३ गतेसम्म धरान–८ सभागृहमा अभिनय कार्यशाला शुरु भएको हो । कार्यशालामा धरानका समुदायिक तथा निजी विद्यालयका विद्यार्थीसहित ५० जनाको सहभागीता रहेको प्रतिष्ठानका सदस्य एबंम बरिष्ठ रंगकर्मी गोपाल देवानले बताए । उनका अनुसार कार्यशालामा अभिनय सम्बन्धीका प्रारम्भिक ज्ञान प्रदान गरिने छ । प्रशिक्षकहरुमा बरिष्ठ रंगकर्मी एबंम कलाकार बिक्रम श्री, रंगकर्मीत्रय विष्णु मोक्तान, दिपेन्द्र सिं दर्नाल र कमान सिंह याम्फु रहेका छन् ।

प्रतिष्ठानले नयाँ रंगकर्मी बनाउने र धरानको नाट्य जगतलाई अगाडी बढाउने उद्देश्यले पहिलो पटक अभिनय कार्यशालाको आयोजना गरिएको प्रतिष्ठानका संयोजक अम्बिका सम्बाम्फेले बताए । कार्यक्रममा प्रतिष्ठानका सह–संयोजक डा भोलानाथ पोख्रेल, पुराना रंगकर्मी कुलचन्द्र न्यौपाने, मनोज शाक्यलगायत विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।