मुम्बई : बलिउड अभिनेत्री दिशा पटानी पछिल्लो समय चर्चामा आइरहने नायिका हुन् । उनी अभिनित फिल्म ‘भारत’ सिनेमा हलमा रिलिज भइरहेको छ । ‘बागी २’ मा उनले गरेको अभिनयको खुबै चर्चा भयो ।

उनका बारेमा ९ कुरा

बलिउडकी यी नायिकाले आफ्नो फिल्मी करिअर तेलुगू फिल्म ‘लोफर’ बाट शुरु गरेकी थिइन् । उनी सन् २०१५ मा फिल्म क्षेत्रमा डेब्यु गरेकी थिइन् ।  फिल्ममा आउनुभन्दा पहिले दिशाले क्याटबडी डेरी मिल्कको विज्ञापनमा पनि काम गरेकी थिइन् । उनी यही विज्ञापनका कारण कतिपय मेकरको नजरमा परेकी थिइन् । दिशा पटानी बलिउड उद्योगमा सबैभन्दा फिट अभिनेत्रीमा एक पर्छिन् । उनले आफ्नो लूकसँग फिटनेसमा पनि खुबै ख्याल गर्छिन् ।

Disha-Patani-2

दिशाले एक म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । उनले अभिनय गरेको म्युजिक भिडियो ‘बेफिक्रा’ हो । साथमा उनका ब्याइफ्रेन्ड टाइगर श्राफ पनि भिडियोमा देखिएका थिए । दिशाले एक अन्तर्वार्तामा बताएकी थिइन् कि, उनले आफ्नो अभिनय गर्ने इच्छा पूरा गर्न पढाइ छोडिन् । उनी मुम्बईमा जम्मा ५ सय लिएर आएकी थिइन् । टाइगर श्राफभन्दा पहिले दिशाले टिभी एक्टर पार्थ समथानसँग डेट गरेकी थिइन् । यी दुई झण्डै एक वर्ष सम्बन्धमा थिए ।

Disha-Patani-1

दिशा पटानी कलाकार हुनुका साथ डान्सर पनि हुन् । रणवीर कपूर दिशाका सबैभन्दा ठूला क्रस थिए ।  दिशाले अक्सर आफ्नो फेसनका कारण चर्चामा रहन्छिन् । उनी आफ्नो बोल्ड ड्रेसका कारण पनि चर्चामा रहिरहन रुचाउँछिन् । दिशा पटानी अमेरिकी फेसन ब्राण्ड केल्भिन क्लेनको ब्राण्ड एम्बास्डर हुन् । उनले केल्भिनको विज्ञापन गरेर सामाजिक सञ्जालमा तस्वीर शेयर गर्छिन् ।

https://www.khabarhub.com बाट