काठमाण्डौ : भारतीय आइटम डान्सर तथा अभिनेत्री सन्नी लियोनले नेपाली फिल्मको गीतमा ठुम्का लगाएकी छन् ।

उनले फिल्म “पासवर्ड” को “सन्नी हो नाम मेरो” बोलको गीतमा डान्स गरेकी हुन् । कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेको यो म्युजिक भिडियोको गीतमा अर्जुन पोखरेलको संगीत छ । स्पेसल एपेरेन्समा रहने सन्नीले यो फिल्ममा बिकी जोशीसँग स्क्रिन सेयर गरेकी छन् । सन्नीले यो गीतका लागि दुई करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो फिल्ममा सन्नीको मागनुसार नै गीत तयार पारिएको छ । गीतलाई भारतबाटै आएका कोरियोग्राफरसहितको टीमले निर्देशन गरेको हो ।

sunny-leoneee

३० करोड लगानीमा बनेको एक्सन र थ्रिलर फिल्म पासवर्डमा अनुपविक्रम शाही, विक्रम शाहि, वुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ । शौरभ लामाले यो चलचित्र खिचेका हुन् । अनुप फिल्ममा नेगेटिभ रोलमा छन् । सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्मको ९८ प्रतिशत छायाँकन बेलायत र दुई प्रतिशत नेपालमा हुने बताइएको छ । फिल्मले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा पेस गर्ने निर्माण पक्षले बताएको छ । अमित बस्नेत र हिरल जोशीले पासवर्ड निर्माण गरेका हुन् । सिनेमा भदौ २७ बाट प्रदर्शनमा आउने छ ।