गछिया : मोरङको सुन्दरहरैंचामा भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
सुन्दरहरैंचा–३ मा सोमबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च १८६१ नम्बरको म्याजिक भेनको ठक्करबाट अनियन्त्रित बनेको को २२ प २४८४ नम्बरको स्कुटर सडकमा गुडिरहेको को १ ख ३५०५ नम्बरको ट्रकमा गएर ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार पथरीशनिश्चरे नगरपालिका–८ की २८ वर्षीय यमुना बास्तोलाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी बास्तोलको उपचारका क्रमममा नोवेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
दुर्घटनामा परेर घाइते भएका स्कुटर चालक नानीमैया लिम्बू र उनका ६ वर्षीय छोरा गोविनको नोवेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।