गीतका कारण लाखौँ स्रोताको मन जित्न सफल गायिका रिहानालाई फोब्र्स म्यागजिनले संसारको धनाढ्य महिलाको सुचिमा राखेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय मिडियाका अनुसार रिहानासँग करिब ६ सय मिलियन डलर छ । उनको सबैभन्दा धेरै कमाइ फेसनब्राण्डबाट भएको छ । उनको फेसन कम्पनीको नाम “फेन्टी” हो । गत मेमा फ्रान्सको चर्चित ब्रान्ड कम्पनी एलभिएमएचले रिहानाको फेसन ब्राण्डको प्रवद्र्धन गर्ने घोषणा गरेको थियो । एलभिएमएच फ्रान्सको चर्चित ३ ब्रान्ड कम्पनीमध्ये एक हो । रिहानाले सन् २०१७ बाट फेसन कम्पनीको सुरुवात गरेकी थिइन् । ३ वर्षभित्र रिहानाले यो कम्पनीबाट करिब पाँच सय ७० मिलियन डलर कमाई गरेकी थिइन् । 

rihana-bikini