सलमान खान र ऐश्वर्या राय बच्चनको चर्चित फिल्म “हम दिल दे चुके सनम” १८ जुन, १९९९ मा रिलिज भएको थियो । यो फिल्मसँग जोडिएका पाँच किस्सा यस्ता छन् ।

१, फिल्मको नाम पहिले दिल तो हमने दे दिया सनम थियो । पछि यसको नाम हम दिल दे चुके सनम राखिएको थियो ।

२, फिल्मको मेहिङ भिडियोमा संजय लिला भन्सालीले ऐश्वर्याको सुसाइड सिनबारे चर्चा गरेका छन् । ऐश्वर्या नन्दिनीको भूमिकामा यति डुबेकी थिइन् कि उनको आँखा सुस्त भएको थियो ।

३, ९० को दशकमा बनेको यो पहिलो फिल्म थियो, जुन फिल्ममा निर्देशकले अत्याधिक रिसर्च गरेका थिए ।

४, सलमान खान र संजय लिला भन्सालीले दोस्रोपटक यस फिल्ममा काम गरेका थिए । योभन्दा अगाडि उनीहरुले द म्युजिकल ड्रामामा काम गरेका थिए ।

५, संजय लिला भन्सालीलाई सधैँ लाग्थ्यो कि अजय देवगण निर्देशक बन्नेछन् । तर, अजय कहिले निर्देशक बनेनन् ।