हङकङ:चर्चित तथा हट लोक गायिका ज्योति मगरले यही असार २८ गते शनिबार( १३ जुलाई) मा दिन हङकङमा प्रस्तुती दिने भएकी छिन् ।

उनले ब्लु ओसियन रेस्टुरेन्टको हलमा बिशेष सांगीतिक कार्यक्रम ज्योति म्युजिकल नाइट २०१९ मा आफ्नो सांगीतिक प्रस्तुती दिने भएकी हुन् । काठमाडौँको जोरपाटीस्थित बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेशन नेपालको सहयोगार्थ यो कार्यक्रम हुन लागेको हो । ज्योतिको यो चौथो पटक हङकङमा सांगीतिक कार्यक्रम हुन लागकेो हो ।

कार्यक्रममा हङकङकै स्थानीय कलाकार हर्षित आले मगर, राज तामाङको गायन तथा चर्चित डान्सर सुष्मिता शाहीको समेत प्रस्तुति रहनेछ । हङकङमा हुने कार्यक्रमहरुको संयोजन तथा फोटोग्राफीमा सधै सक्रिय रहने बुलेटहाङ्ग तिगेलाको ब्ल्याग पिग इन्टरटेनमेन्टको आयोजनामा कार्यक्रम हुन लागेको हो ।