बलिउड अभिनेत्री दिशा पटानीको फिल्म “भारत” अहिले बक्स अफिसमा सफल भइरहेको छ ।

फिल्ममा उनको साथमा सुपरस्टार सलमान खान र क्याट्रिना कैफ छन् । तर, दिशाका फ्यानका लागि भने दुःखद खबर बाहिर आएको छ । दिशा अर्को नयाँ फिल्म मलंगको सुटिङमा थिइन् । सुटिङका क्रममा उनलाई चोट लागेको छ । फिल्मको एक गीतको सुटिङको बेला चोट लागेको हो । तर, प्राथमिक उपचारपछि उनले सुटिङ गरेको बताइएको छ ।

1 14

संयोग के छ भने दिशा फिल्म “भारत” को सुटिङका बेला पनि घाइते भएकी थिइन् । दिशाका अनुसार भारत फिल्ममा “स्लो मोसन” गीतमा उनलाई चोट लागेको थियो । उनको घोडामा समस्या आएको थियो । दिशा फिल्मको कारण मात्र नभएर टाइगर श्राफसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहन्छिन् ।