बलिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छिन् । ‘सुपर डान्सर च्याप्टर –३’ की प्रतिष्पर्धीको गोडा चुमिरहेको तस्विरका कारण उनी भाइरल भएकी हुन् ।

शिल्पा उक्त रियालीटी शोकी जज पनि हुन् । उनले रियालीटी शोको क्रममा ६ वर्षीय प्रतिष्पर्धी रुप्साको गोडा चुमेपछि तस्विर सामाजिक सञ्जालभरी छाएको छ ।

उनका फलोअर्स मध्ये केहीले उक्त तस्बिर देखेपछि उनलाई ‘ड्रामा क्विन’ संज्ञा दिएका छन् । भने कतिपयले उनको तारिफ पनि गरेका छन् ।

 

‘सुपर डान्सर च्याप्टर–३’ को फाइनल एपिसोड आउँदो आइतबार प्रशारण हुँदैछ । उक्त ग्राण्ड फिनालेमा शिल्पाले भरतनाट्यम नृत्य प्रस्तुत गर्ने्छिन् । यो कुरा उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘म आफ्नै पुरानो अवतारमा छु जुन अवतारबाट मैले शुरुवात गरेकी थिए । भरतनाट्यम मैले ३० वर्षपछि गरेकी हुँ ।’