मुम्बई : बलिउड नायिका सोनम कपुर एकैसाथ हनिमुन, एनिभर्सरी र जन्मदिन मनाउँदै छिन् ।

सोनमले गतवर्ष प्रसिद्ध व्यापारी आनन्द आहुजासँग विवाह गरेकी थिईन् । अहिले उनी उनी पति आहुजा अपने पति आहुजासँग जापानमा एनिभर्सरी मनाइरहकी छिन् । सामाजिक सञ्जाल इन्स्ट्रगाममा तस्बिर सेयर गर्दै उनले भनेकी छिन्, “विवाह लगत्तै हनिमुन जान पाएको थिएन । अहिले पहिलो एनिभर्सरीमा हनिमुन मनाउँदैछौ । यो मेरो जिन्दगीको सबैभन्दा राम्रो समय हो ।”

00

अर्को स्टाटसमा उनले पतिप्रति प्रेम दर्शाउँदै उल्लेख गरेकी छिन्, “म हरेक दिन आफैले आफैलाई सोध्छुकि म दुनियाँमा कति भाग्यमानी छु, शौभाग्यशाली छु । मेरो सबैभन्दा असलसाथीसँग मेरो बिहे भयो ।” सोनमले यसै महिना आफ्नो जन्मदिन पनि मनाएकी थिइन् । लेखक अन्जु चौहान उपन्यासमा आधारित “द जोया फेक्टर” उनको आगामी फिल्म हो ।