मुम्बई : अभिनेत्री दिशा पटानी र अभिनेता टाइगर श्राफको तीन वर्ष पुरानो रिलेसनसिप टुंगिएको छ ।

पटानी र टाइगर फिल्म “बागी” को सुटिङको बेला नजिकिएका थिए । त्यसपछि सँगै जिम जान सुरु गरेका थिए । ती दुबै केही साता अघिसम्म रेस्टुरेन्टमा डिनरमा देखिएका थिए । उनीहरुको रिलेससिप बे्रकअप भए मित्रता कायमै रहने बताइएको छ । उनीहरुको ब्रेकअपमा आदित्य ठाकरेको नाम जोडिएको छ । खबरअनुसार ठाकरे र दिशा पटानी केहीदिन यता नजिकिएका थिए । पटानी र ठाकरेको संयुक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

पटानी सन् २०१३ मा इन्दौरमा “फेमिना मिस इन्डिया” को उपविजेता पनि भएकी थिइन् । उनले एमएस धोनी फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । त्यसअघि उनले मोडलिङ गरेकी थिइन् । करण जोहरले एक सेक्स कमेडी “नो सेक्स प्लिज” बनाएका थिए, यसमा पटानीको पनि अभिनय रहेको थियो । त्यस्तै तेलुगु फिल्म “लोफर” मा पनि उनले खेलेकी थिइन् । फिल्म “कुंग फु योगा” मा जैकी चैनको साथ स्क्रिन सेयर गरेको उनको तस्बिर कुनैबेला निक्कै भाइरल भएको थियो ।