धरान : लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले पूर्वाञ्चल बागिना कला केन्द्र धरानले यस वर्ष पनि गायन र सुन्दरी प्रतियोगिता आगामी साउन पहिलो सातादेखि शुरु गर्ने भएको छ ।

‘पूर्वाञ्चल सिङगीङ स्टार’ को सातौं संस्करण र ‘मिस स्टेट–१, २०१९’ को दोस्रो संस्करणको पहिलो अडिसन ४ गते पाँचथरदेखि शुरु गर्ने भएको हो । केन्द्र धरानमा शनिबार पत्रकार सम्मेलन गदै अडिसन प्रदेश १ को १४ जिल्लामा पुगेर लिने कार्यक्रम संयोजक भक्तिराज राईले जनाए । दुबै विद्याको अडिसन संगसंगै लिने कार्यक्रम संयोजक भक्तिराज राईले शनिबार धरानमा गरिएको पत्रकार सम्मेलनमा जनाए । ‘गायनको र ब्यूटी प्याजेन्टको अडिसन संगसंगै लिन्छौं’उनले भने ।

गायनमा अडिसन राउण्डदेखि विजेतासम्म ११ वटा चरण पूरा गर्नुपर्ने बताए । उनका अनुसार गायन प्रतियोगितामा नेपाली गीत मात्र गाउनुपर्ने छ । मिस स्टेट प्रतियोगिताको लागि १५ वर्षदेखि २५ वर्षसम्मका यूवतीहरुले भाग लिन सक्ने राईले बताए । सबै जिल्लाबाट छनौट भएकालाई गायनतर्फ अन्तिम फाइनलका लागि १० जना र मिस स्टेट १ प्रतियोगितातर्फ ३० जना छनौट गरिने छ । ‘गायनतर्फ टम १० छनौट गछौं’–संयोजक राईले भने ‘मिस स्टेटको बन्दसत्रको लागि ३० जना छनौट गर्ने छौं’ ।

बन्दसत्रमा प्रतिस्पर्धीहरुलाई व्यक्तित्व, क्षमता, बौद्धिक विकासका बारे प्रशिक्षण दिइने जनाइएको छ । कोरियोग्राफरमा सञ्चारकर्मी एबंम मोडल मेरिना तुम्सा रहेकी छन् । गायनतर्फको विजेताले नगद ५० हजार रुपैयाँसहित एउटा गीत रकर्ड र एक म्यूजिक भिडियो र एक वर्ष निःशुल्क संगीत सिक्ने अवसर प्राप्त गर्ने छन् । यसैगरी, दोस्रो र तेस्रोले क्रमसः नगद २५ हजार, १५ हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, ६ महिना निःशुल्क संगीत सिक्ने अवसर र एउटा गीटार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, विद्यागत पुरस्कारतर्फ बेष्ट भोकलिष्ट, बेष्ट डिस्प्लिन, बेष्ट परफमेन्स र बेष्ट पब्लिक च्वाइस अवार्ड प्रदान गरिने छ ।

यसैगरी, मिस स्टेट १ विजेताले स्कुटीसहित क्राउन र अवार्ड प्राप्त गर्ने छन् । यसैगरी, फष्ट रनरअप र सकेण्ड रनरअपले क्रमसः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँसहित क्राउन र अवार्ड प्राप्त गर्ने आयोजकको भनाई छ । यसैगरी, विद्यागत पुरस्कारतर्फ मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिस्प्लिन, मिस पर्सनालिटी, मिस पंचुयल, बेष्ट स्माइल, बेष्ट फिगर, बेष्ट क्याटवाक, मिस चार्मिङ, मिस एसएमएस भोटिङ, मिस फोटोजेनिक र मिस एक्टीभ अवार्ड समेत प्रदान गरिने छ ।

२०६९ सालमा स्थापना भएको केन्द्रले ०७० सालदेखि निरन्तर गायन प्रतियोगीता आयोजना गदै आएको छ भने सुन्दरी प्रतियोगीता गत वर्षदेखि शुरु गरेको हो । गायनतर्फ हालसम्मका विजेताहरु तेह्रथुमका संगम चोङबाङ (२०७०), ताप्लेजुङकी प्रकृति थलङ (२०७१), भोजपुरकी सृजना तामाङ (२०७२), तेह्रथमका दिलनबाबु लिम्बु (२०७३), भाजपुरका सुमन राई (२०७४) र गत वर्षको विजेता सुनसरीका पदम बहादुर मगर रहेका छन् । यस्तै, मिस स्टेट १ गतवर्षको विजेता उदयपुरकी रमिला बस्नेत रहेकी छन् ।