मुम्बई : कंगना रनावतको नयाँ फिल्म “जज मेन्टल हे क्या” को ट्रेलर सार्वजनिक भएको छ ।

यो फिल्म लामो समयदेखि विवादमा फस्दै आएको थियो । कंगना र राजकुमार रावको मुख्य भूमिका रहेको यो फिल्ममा कंगनालाई “भर्सटाइल” र राजकुमारलाई “इन्टेन्स एक्टिङ” गरेको देख्न सकिन्छ । फिल्म कमेडीका साथै मडर मिस्ट्रीमा बनेको छ । कंगनाको अघिल्लो फिल्म सिमरनसँग पनि यो फिल्म मिलेको प्रतीत हुन्छ । तर कंगनाको कमेडी र डाइलगबाजीमा देखिएको प्रतीभाले दर्शक यो फिल्म हेर्न आतुर हुन सक्छन् । प्रकाश कोवेलामुदीले निर्देशन गरेको यो फिल्म २६ जुलाईमा रिलिज हुदैछ । एजेन्सी