मुम्बई : भारतीय सञ्चार माध्यमहरुले बलिउड अभिनेत्री कंगना रनौटलाई बहिष्कार गर्ने जनाएपछि बालाजी प्रोडक्सन हाउसकी सञ्चालक एकता कपुरले क्षमा माग्दै विज्ञप्ति सार्वजनिक गरेकी छन् ।

बुधबार जारी गरिएको विज्ञप्तिमा उनले “जजमेण्टल है क्या” फिल्मको प्रमोसन कार्यक्रमको दौरान भएको अप्रिय घटनालाई लिएर माफि मागेकी छन् । “आगामी जुलाई २६ मा रिलिज हुन लागेको जजमेण्टल है क्या फिल्मको प्रमोसन कार्यक्रममा भएको अप्रिय घटनालाई म माफी माग्दछु” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एकता कपुरको बालाजी मोसन पिक्चर्सको ब्यानरबाट निर्माण भएको जजमेण्टल है क्या ले गत जुलाई ७ मा आयोजना गरेको कार्यक्रममा अभिनेत्री रनौटले भारतीय सञ्चार माध्यसँग अभद्र व्यवहार गरेकोमा माफि माग्नुपर्ने माग मारतीय मिडियाले गरेका थिए । सो कार्यक्रममा प्रश्न उत्तरको क्रममा विवाद बढेपछि निर्मात्री एकता कपुर र अभिनेता राजकुमार रावले स्थितिलाई सहज बनाउनु परेको थियो । “जजमेण्टल है क्या” फिल्म आगामी जुलाई २६ मा रिलिज हुँदैछ ।