धरान: रेडमुन इन्टरटेनमेन्टको आयोजनामा भइरहेको स्टेट १ सिङ्गिङ आइडलको अन्तिम अडिसन असार २८ गते शनिबारको दिन धरानको फ्रेन्ड्स गार्डनमा हुने भएको छ ।

धरान आसपास तथा यसअघि प्रदेश १ को विभिन्न स्थानहरूमा भएको अडिसनमा छुटेका प्रतिभाहरूले एकै पटक अडिशनमा सहभागी हुन पाउने भएका छन् । धरानको लागि करीब १ सय जनाले फारम भरीसकेको र उनीहरू मध्येबाट २० जनालाई दोश्रो चरणका लागी छनाट गरीने रेडमुनका अध्यक्ष रोशन प्रधानले जानकारी गराए ।

स्टेट १ सिङ्गिङ आइडलको अडिसन यसअघि भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटा, खोटाङ, गाईघाट, पाँचथर, ईलाम, बिर्तामोडमा सम्पन्न भईसकेको छ । भोजपुर अडिसनबाट ८ जना, संखुवासभाबाट ६ जना, तेह्रथुमबाट १२ जना, धनकुटा अडिसनबाट १५ जना, खोटाङबाट ८ जना, गाईघाटबाट १४ जना, पाँचथरबाट ११ जना, ईलामबाट १५ जना र विर्तामोडबाट १७ जना गरी १ सय ६ जना प्रतिस्पर्धीहरू छनाट भईसकेका छन ।

IMG_9526

आइडलको अडिसन पश्चात सबै राउन्डहरू धरानमा नै हुने आयोजकले जनाएको छ । अडिसन पश्चात ओपन राउन्ड हुनेछ जसमा कुनै पनि संगित विना प्रतियोगिहरूले गीत गाउनुपर्ने हुन्छ । उनीहरूलाई ५।५ जनाको समुह बनाइ गीत गाउन लगाइनेछ । त्यसबाट ५० जना छनाट गरी तेश्रो रिदम राउन्डमा सहभागी गराइनेछ । रिदम राउन्डमा प्रतियोगिहरूले पियानो र गिटारको संगितमा गित प्रस्तुत गर्नु पर्नेछ जसबाट २५ जना मेगा राउन्डका लागी छनाट हुनेछ ।

मेगा राउन्डमा भने सबै बाधबाधनमा प्रतियोगिहरूले गित प्रस्तुत गर्नुपर्नेछ जसबाट १० जना फाईनलका लागी छनाट हुनेछ । फाईनल प्रतियोगिहरूलाई भने २ सातासम्म संगितको शिक्षा प्रदान गरीनेछ साथमा भदा १४ गते राष्ट्रिय कलाकार सहित टप १० प्रतियोगिको साँगितिक कार्यक्रम भेडेटारमा हुनेछ । प्रतियोगिताको फाईनल धरानको शभागृहमा भदा २८ गते शनिबारको दिन हुने कार्यक्रमका संयोजक विनायक राईले बताए ।