काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामको वार्षिक समीक्षा सुरु गरेका छन् ।
उनले नयाँ आर्थिक वर्षको बजेट पारित भइसकेको सन्दर्भमा चालु आर्थिक वर्षको मन्त्रालयगत कार्ययोजनाको प्रभावकारिता बुझ्न बिहीबार प्रगति विवरण लिएका छन् । प्रधानमन्त्री ओलीले ६ घण्टा बसेर १८ वटा मन्त्रालयको वार्षिक प्रगतिको ब्रिफिङ लिए । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रालयका सचिवहरुले प्रधानमन्त्रीलाई विवरण सुनाएका थिए ।
अधिकांश प्रतिवेदनमा एक वर्षको प्रगति विरण उल्लेख छ । सबै मन्त्रालयको ब्रिफिङ सकिएपछि शुक्रबार प्रधानमन्त्रीले आफ्नो धारणा राख्नेछन् ।