धरान : रेडमुन इन्टरटेनमेन्टको आयोजनामा भइरहेको स्टेट १ सिङ्गिङ आइडलको अन्तिम अडिसन शनिबार सम्पन्न भएको छ ।

धरानको फ्रेन्ड्स गार्डनमा आइतबार भएको अडिसनबाट ४६ जना प्रतियोगीहरु दोस्रो ओपन राउन्डमा प्रवेश गरेका छन् । कार्यक्रमका निर्णायकमा संगितका प्राज्ञ राम धामी, गायिका सुनिता लिम्बु र गुरू विनायक राई रहेका थिए । अडिसनमा धरान आसपासका तथा यस अघि प्रदेश १ को विभिन्न स्थानहरूमा भएको अडिसनमा छुटेका १ सय २ जना प्रतियोगीहरू सहभागी भएका थिए ।

IMG_8671

धरानसहित यसअघि प्रदेश १ को ९ वटा स्थानमा भएको अडिसनबाट छनौट भएका १ सय ६ जना गरी जम्मा १ सय ५२ जना दोश्रो ओपन राउन्डमा भिड्नेरेडमुनका अध्यक्ष रोशन प्रधानले जानकारी गराए। ओपन राउन्डबाट बढिमा ६० जना प्रतियोगी तेश्रो रिदम राउन्डका लागी छनौट हुनेछन ।प्रतियोगिताको फाईनलमा जम्मा १० जना प्रतिर्स्पधी पुग्नेछन् । फाईनल भदौ २८ गते शनिबारको दिन धरानको सभागृहमा हुनेछ।