बलिउड अभिनेता रणवीर सिंह तडकभडकसहितको कपडा लगाउन रुचाउँछन् । उनी आफुलाई बनावटी मान्छे मान्दैनन् । अरुको अगाडि देखिनका लागि लागि मात्र प्रस्तुत हुन चाहँदैनन् ।

सेटमा आफ्नो सिन सुरु भएपछि उनी काममा डुबिहाल्छन् भने सकिनासाथ असली जीवनमा फिरिहाल्छन् । मिडिया या क्यामेराको अगाडि उभिँदा तपाई कस्तो देखिनुहुन्छ भन्ने प्रश्नमा उनले भने, “मान्छेहरु मलाई खुबै अन्तरंगी भन्छन्, म हो भन्छु । आजबाट होईन, बाल्यकालदेखिनै यस्तै छु ।” उनले अझै थपे, “म मान्छेलाई जज गर्दिन र अरुबाट पनि यही अपेक्षा राख्छु कि मलाई पनि जज नगरिदिनुस् ।”