काठमाण्डौं : कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार मूल नेतृत्वबाट बाहिरियो । उनीहरूले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापतिमा समर्थन गरेका थिए । पौडेल समूहबाट महामन्त्रीमा डा. शशांक कोइराला निर्वा्चित भए। डा. शेखर कोइराला र सुजाता कोइराला केन्द्रीय सदस्यमा विजयी भए ।

१४ औं महाधिवेशनको चर्चा चलिरहँदा तीनै नेता पार्टीको मूल नेतृत्वमा आउन रणनीति बनाउन क्रियाशील छन् । महाधिवेशनलाई लक्ष्य गरी उनीहरूले दुई वर्षदेखि आफूहरू एकढिक्का भएको सन्देश दिन भ्याइरहेका छन् । कहिले ‘लन्च मिटिङ’ गर्छन् त कहिले एउटै मञ्चमा उभिन्छन् । जारी केन्द्रीय कार्यसमिति बैठकको एजेन्डामा महाधिवेशन पनि समेटिएपछि उनीहरूको सक्रियता झनै बढेको छ । शशांकले गत सोमबार आफ्नो निवासमा शेखर र सुजातासहित लन्च मिटिङ गरे ।

०७४ साउन २ मा सामूहिक लन्च गरी उनीहरूले पार्टी्भित्र कोइराला परिवारको विरासतलाई पुनर्ताजगी गर्न लागेको सन्देश दिए। जेपी कोइराला फाउन्डेसनका नाममा गतिविधि थप तीव्रता पाएको छ । विराटगरबाट वीरगन्जसम्म सामूहिक रूपमा मञ्चमा प्रकट मात्रै भएनन् बरु पार्टीको नेतृत्वसमेत दाबी गरे ।

–अन्नपूर्ण पोष्ट दौनिकबाट