बलिउड नायक अर्जुन रामपालले केही समयअघि आफ्नी प्रेमिका गेब्रिएला डेमेट्रिएड्स गर्भवती भएको घोषणा गरेका थिए ।

अब उनी तेस्रो पटक पिता बनेका छन् । उनकी प्रेमिकाले छोरालाई जन्म दिएकी छिन् । यसअघि अर्जुनले सन् १९९८ मा मोडल मेहर जेसियासँग विवाह गरेका थिए । यी दुई सन् २००८ देखि अलग बसिरहेका थिए । पूर्वपत्नी मेहर जेसियाको तर्फबाट उनका दुई छोरी मायरा र माहिका छन् ।

स्मरण रहोस्, अभिनेता रामपाल र गेब्रिएला लामो समयदेखि एक–अर्कालाई डेटिङ गरिरहेका थिए । मेहर जेसियासँगको सम्बन्धविच्छेदपछि उनी गेब्रिएलासँगको सम्बन्धमा ओपन भएका थिए । बलिउड निर्देशक जेपी दत्ताकी छोरी निधि दत्ताले अर्जुन रामपाल पिता बनेको खबर पुष्टि गरेकी छिन् । निधिले ट्वीटमा दुबैलाई बधाई दिएकी छिन् ।