धरान : शनिबार राति काठमाडौंको अन्नपुर्ण होटलमा सम्पन्न मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा धरानका राहुल अग्रवाल विजेता भएका छन् भने मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल भएकी छिन् ।

शनिबार भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरी उनीहरुले निर्णायकहरुको मन जितेर विजेता भएका हुन् । दुबैले फेस अफ मारवाडीको उपाधिसँगै ५० हजार नगद र विभिन्न गिफ्ट ह्याम्पर पाएका छन् । फेस अफ मारवाडीको दोस्रो सिजनमा ८ जना युवा र ८ जना युवती गरि १६ जना प्रतिष्पर्धीहरु थिए । धरानको दिल्ली पब्लिक स्कुलमा कक्षा ११ मा अध्ययनरत १७ बर्षीय राहुलले मिस्टर फोटोजेनिकको टाइटल समेत जितेका छन् ।

fom2

यस्तै, काठमाडौकी सिम्रन साबू र शिवम अग्रवालले फर्स्ट रनर अपको टाइटलसँगै ३० हजार नगद र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् भने बिराटनगरकी सुनिता बर्मा र काठमाडौँका अजय खंडेलवालले सेकेन्ड रनर अपको टाइटल जिते । उनीहरुले २० हजार नगद र गिफ्ट ह्याम्पर पाए । पोपुलर फेस अफ मारवाडीको टाइटल भने हर्सिता पंचारिया र निपेश जजोडियाले जितेका छन् ।

मारवाडी समुदायको युवा युवतीको व्यक्तिव विकास गरी मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्दै विकास र विस्तार गर्ने उद्देश्यले पेज थ्री सर्भिसले कार्यक्रम आयोजना गरेको थियो । फेस अफ मारवाडीको फिनाले चर्चित इन्डियन टिभी होस्ट करन कुन्द्रा र सिर्जना रेग्मीले संचालन गरेका थिए भने मिसेज इंडिया अर्थ २०१७ श्वेता चौधरी, ब्युटिसियन रुक्शा बैध श्रेष्ठ, डा. प्रमोद अग्रवाललगायत निर्णायकहरु रहेका थिए ।

fom5