बलिउड अभिनेत्री कृति सेनन अहिलेसम्म सिंगल छिन् । तर, उनी सिंगल हुनुको कारण खुलासा भएको छ । कृतिको प्रेमसम्बन्धलाई लिएर सधै फ्यानले सवाल उठाउने गर्छन् । अर्जुन पटियाला फिल्मका को–एक्टर वरुण शर्मा कृतिमाथि हक जमाउँछन् र उनलाई कहिल्यै पनि कसैसंग डेट गर्न दिदैनन् । यो तथ्य कृति आफैले खोलेकी हुन् ।

उनले भनिन्, “वरुण शर्मा मलाई सुरक्षा दिन्छन् । त्यसैले उनी मलाई कसैसँग पनि डेट गर्न दिदैनन् ।” यी सारा कुरा उनले रमाइलो कुराकानीका क्रममा भनेकी थिइन् । साथै, उनले कसैसँग डेट गरेमा सो कुरा कसैलाई बताउन आवश्यक नरहेको बताएकी छिन् । उनले भनिन्, “मलाई लाग्छ, यो जानकारी मेरा लागि र मसँग जोडिएको मान्छेका लागि हो । कोही अपरिचितले मेरो सम्बन्धलाई जज गरुण भन्ने म चाहन्न ।”