मुम्बई : दक्षिण भारतीय सुपरस्टार यशको पछिल्लो फिल्म ‘केजीएफ’ ले बलिउडमा समेत तहल्का मच्चायो । यो फिल्मलाई दर्शकले खुबै मन पराए । फिल्मले बक्स अफिसमा २ सय ५० करोडको व्यापार गर्‍यो । यो कन्नड सिनेमा सबैभन्दा हिट फिल्ममा एक बन्न सफल भयो । मेकर्सले हालै ‘केजीएफ २’ को फस्ट लूक सार्वजनिक गरेका छन् ।

बलिउड अभिनेता सञ्जय दत्तको जन्मदिन पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । फस्ट लूकमा सञ्जयलाई खतरनाक भूमिकामा देखाइएको छ । फिल्ममा उनले भिलेनको भूमिका निभाउनेछन् । केही दिनअघि फिल्म निर्माण टिमले एक टिजर पोस्टर पनि सार्वजनिक गरेको थियो । उक्त पोस्टरमा अधिराको झलक देखाइएको थियो । तर, अधिरा को हुन् भन्ने खुलाइएको थिएन । यो फिल्मको पहिलो भागपछि यसको सिक्वेलको दर्शकलाई लामो समयदेखि प्रतीक्षा छ ।

यो फिल्म सन् २०२० मा रिलिज हुँदैछ । नेपालमा पनि यो फिल्मले ५१ ‌औँ दिन मनाएको थियो ।