काठमाडौं :  यही २४ साउनबाट नयाँ चलचित्र ‘रे’ मुलुकका सिनेमा घरमा रिलिज हुने भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दै मँगलबार यो चलचित्रको ट्रेलर रिलिज गरिएको छ ।

ट्रेलर अनुसार खल अभिनेता सुनिल थापा यो फिल्ममा डनको रुपमा प्रस्तुत भएका छन् । फिल्मका अभिनेता दिवस र अभिनेत्री सुजाताको प्रेममा सुनिल थापा बाधक बनेको यसमा देखिन्छ । ट्रेलर अनुसार नव अभिनेता दिवस यो फिल्ममा एक्सन अवतारमा प्रस्तुत भएका छन् । ट्रेलरलाई ओएसआर डिजिटल युट्युज च्यानलबाट रिलिज गरिएको हो । दिनेश पौडेलले निर्देशन गरेको चलचित्र रे एक्सन प्रधान जनरामा आधारित रहेको ट्रेलरबाट प्रस्टिएको छ । एक्सनसँगै सामाजिक प्रेम कथामा फिल्म आधारित भएको निर्माण पक्षको कथन छ । यो चलचित्रलाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् ।

यो फिल्ममा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको अभिनय छ । फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ । कुमार श्रेष्ठको द्धन्द्ध निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रमेश बिशुँखेको सम्पादन, महेन्द्र थापाको सम्पमादन यो चलचित्रमा रहेको छ ।