सन् २००७ मा रिलिज भएको फिल्म अपनेमा अन्तिमपटक पूलो पर्दामा देखिएकी थिइन् । त्यसपछि सानो पर्दामा रमाएकी १२ वर्षपछि निकम्मा फिल्मबाट कमब्याक गर्न लागेकी छिन् ।

अभिनेत्री शिल्पा शेठ्ठीले बलिउडमा कमब्याक गर्ने भएकी छिन् । यसको खुलासा उनी आफैँले गरेकी हुन् । सन् २००७ मा रिलिज भएको फिल्म अपनेमा शिल्पा अन्तिमपटक ठूलो पर्दामा देखिएकी थिइन् । त्यसपछि सानो पर्दामा रमाएकी शिल्पा अब १२ वर्षपछि निकम्मा फिल्मबाट कमब्याक गर्न लागेकी हुन् । फिल्ममा शिल्पालाई ध्यानमा राखेर नै भूमिका निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा अभिमन्यु दासानी र शिरले सेतियाको साथमा शिल्पाको मुख्य भूमिका रहनेछ । भारतीय मिडियाका अनुसार हिन्दी फिल्ममा शिल्पाको अहिलेसम्मको सबैभन्दा रहस्यमयी भूमिका रहेको छ । शिल्पाले फिल्मको सुटिङ पनि सुरु गरिसकेको फिल्मका निर्देशक सब्बिर खानले जानकारी दिए ।