नायिका साम्रागी राज्यलक्ष्मी शाह केही दिनअघिसम्म समाचार बनिरहिन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका उनका तस्बिरका कारण उनी मिडियामा छाएकी थिइन् । उनी समाचार मात्र बनिनन्, आलोचनाको सिकारसमेत भइन् ।

samragyee-bf

प्रेमीसँगको बिकिनीसहितको पोजका कारण उनी आलोचित बनेकी थिइन् । साम्राज्ञीबारे अहिले सकारात्मक पक्ष पनि छ । अहिले उनका फिल्म लगातार प्रदर्शन हुँदै छन् । मारुनी प्रदर्शनको तयारीमा छ भने रातो टीका निधारमाको छायाँकन सकिएको छ । यसैबीच, उनले ट्रेलर सार्वजनिक कार्यक्रममा मारुनीको कथा सुनेपछि आफुलाई काम गर्न डर लागेको बताइन् । उनले भनिन्, “मारुनीमा मेरो भूमिका यति शक्तिशाली लाग्यो कि त्यो गर्न सक्छु या सक्दिन भनेर म डराँए ।” आफैं डराएको भूमिकालाई साम्रागीले कसरी न्याय गर्न सक्लिन् ? यसको जवाफ फिल्म प्रदर्शन भएपछि पक्कै थाहाँ होला ।